१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो

काठमाडौँ । १६ औँ पञ्चवर्षीय योजनाका लागि बिहीबार राष्ट्रिय विकास परिषद्को वृहत् बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा बस्ने आयोगको बैठकले आर्थिक वर्ष २०८१/८२ देखि २०८६/८७ सम्मको ५ वर्षे वृहत् रणनीति बनाउनेछ ।
सत्तासीन राजनीतिक दल र प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहने यस बैठक आवधिक योजनाका लागि सबैभन्दा ठुलो र महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा सबै पूर्व प्रधानमन्त्रीहरूलाई समेत निम्ता पठाइएको छ ।
कार्यक्रममा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राख्नेछन् भने उनको प्रस्तुतिमाथि वक्ताहरूले धारणा राख्नेछन् । कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासहित सत्ता साझेदार दलका सबै अध्यक्षहरूले सम्बोधन गर्ने आयोगले जानकारी गराएको छ ।
कार्यक्रममा सबै प्रदेशका मुख्यमन्त्री र स्थानीय सरकारका प्रतिनिधि (७५३ पालिकाहरूबाटै) प्रतिनिधिहरूलाई अनिवार्य उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
साथै निजी क्षेत्रका प्रतिनिधि संघ संगठन र ठुला उद्योगी, व्यवसायीहरू समेत कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा उठेको सवाल, सल्लाह तथा सुझाव १६औँ पञ्चवर्षीय योजनामा समेटिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चित विद्यालयका प्रमुखसँग शिक्षामन्त्रीको छलफल, भर्ना प्रक्रिया पारदर्शी बनाउन निर्देशन
-
हामीलाई शान्ति चाहिएको हो, आत्मसमर्पण होइनः युक्रेन
-
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा
-
सुकुम्बासीलगायतका समस्यामा समाधानका लागि योजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना
-
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट