मङ्गलबार, ११ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

बुधबार, १२ वैशाख २०८१, १९ : ००
बुधबार, १२ वैशाख २०८१

बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । 

अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल हिँडेको लु१ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए ।

घाइतेमध्ये कपिलवस्तु शिवराज नगरपालिका–५ निवासी ७० वर्षीय रमा अधिकारीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल पठाएको छ । यस्तै ६ जना घाइतेहरूको स्थानीय थाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिपमा १४ जना सवार रहेका थिए ।  प्रहरीले जिप आफै अनियन्त्रित भई सडकमा पल्टिएको  जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप