भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
बिहीबार, १३ वैशाख २०८१, १५ : १७
पर्सा । पर्सा प्रहरीले भन्सार छलीका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप नियन्त्रणमा लिएको छ ।
वीरगन्जको आइसीपीबाट प्रहरीले ४० लाख ३६ हजार मूल्य बराबरको भन्सार छलीका कपडा नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
आइसीपीबाट वीरगन्जतर्फ आउँदै गरेको मालवाहक ट्रयाक्टर र पिकअपबाट बिल विजकभन्दा बढी लोड रहेको कपडा बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
बरामद गरिएका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण
-
कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या
-
ट्रम्पले सय घण्टामा गरे सय दिन बराबरको काम !
-
राष्ट्रिय वाणिज्य बैंकका ८९ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालीन तालिम
-
सिन्धुलीको खुर्कोटमा नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला
-
ताप्लेजुङ घटनामा २१ प्रहरीसहित २५ जना घाइते