विल ज्याक्स र विराट कोहलीको उत्कृष्ट ब्याटिङसँगै बैंगलुरुले सजिलै हरायो गुजरातलाई
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले जित हात पारेको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको खेलमा बैंगलुरुले गुजरात टाइटन्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो ।
जारी आईपीएलमा बैंगलुरुले हात पारेको यो केवल तेस्रो जित हो । बैंगलुरुले १० खेलबाट ६ अंक बटुलेको छ । बाँकी सात खेलमा भने बैंगलुरु पराजित भएको छ । १० खेल खेलेको गुजातको भने यो छैटौँ हार हो । गुजरातले चार खेलमा भने जित हात पारेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुले १६ ओभरमा केवल एक विकेट गुमाएर दुई सय ६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
बैंगलुरुको जितमा विल ज्याक्सले शतकीय र ओपनर विराट कोहलीले अर्धशतकीय पाली खेले । ज्याक्सले अविजित एक सय रन बनाए । उनले केवल ४१ बलको सामना गरी १० छक्का र पाँचवटा चौका पनि प्रहार गरे ।
ओपनर विराट कोहलीले पनि अविजित ७० रन बनाए । उनले ४४ बलको सामना गरी तीन छक्का र ६ चौका प्रहार गरे । विराट जारी आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । ४० रनमा पहिलो विकेट गुमाएको बैंगलुरुलाई त्यसपछि ज्याक्स र विराटले विजय लक्ष्यसम्म पुर्याएका थिए ।
कप्तान फाफ डु प्लेसिस भने २४ रन बनाउँदै आउट भएका थिए । त्यसअघि गुजरातका लागि साई सुदर्शनले अविजित ८४ र शाहरुख खानले ५८ रन बनाएका थिए । साई सुदर्शनले ४९ बलको सामना गरी चार छक्का र आठ चौका प्रहार गरे ।
शाहरुख खानले भने ३० बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए । डेभिड मिल्लरले पनि अविजित २६ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई टिकट घट्दा ईपीएसमार्फत कोरिया जाने प्रति श्रमिकको ७३ हजार जोगियो
-
अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्नेमा ढुक्क छन् ट्रम्प
-
सडक सुरक्षा, जीवनको रक्षा : साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सुरु (तस्बिरहरू)
-
९ वर्षपछि बन्दैछ कपिल शर्माको फिल्मको सिक्वेल
-
मेक्सिकोको सिमानामा धमाधम किन बनाइदैछ टेन्ट सिटी ?
-
वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा