ललितपुरसहित विभिन्न स्थानमा ४ जना मृत फेला
सोमबार, २४ वैशाख २०८१, १३ : ०४

काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, गोदावरी नगरपालिका-७ घट्टेकुलोको सडकमा सोही नगरपालिका-७ देउराली घर भएकी ७५ वर्षीया विष्णु माया तामाङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रुपन्देही, बुटवल उपमहानगरपालिका-८ चौराहास्थित सार्वजनिक शौचालय पछाडि सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २६ वर्षीय विपिन बिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- बैतडी, पाटन नगरपालिका-६ पाटन बजारस्थित दिल बहादुर चन्दको पुरानो कच्ची घरमा बस्दै आएका दाङ भालुवाङ घर भएका २२ वर्षीय दीपेन्द्र घर्ती मगर सोही घरको बार्दलीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- बागलुङ, बागलुङ नगरपालिका-४ स्थित कालिगण्डकी नदीको किनारमा जैमीनी नगरपालिका-९ धुल्लु घर भई हाल बागलुङ नगरपालिका-४ छिपछिपे ओडारमा बस्ने ४० वर्षीया विष्णु बिक आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग