नार्कमा ४६ प्रतिशत दरबन्दी रिक्त

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) मा ४६ प्रतिशत दरबन्दी रिक्त रहेको पाइएको छ । नार्कको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १ हजार ८२३ दरबन्दीमध्ये करिब ४६ प्रतिशत पदहरू रिक्त भएको जानकारी गराइएको हो ।
नेपालभन्दा राम्रो अवसर पाएर विदेश पलायन हुने, अवकाश हुने र २०५४ सालयता एक पटक मात्रै पदपूर्तिको दरबन्दी खुलाएकाले ४६ प्रतिशत दरबन्दी रिक्त रहेको नार्कले जनाएको छ ।
दरबन्दीमध्ये वैज्ञानिक ४१३ पद र प्राविधिक अधिकृतको ३३३ रिक्त छ । हाल भइरहेको पदपूर्ति कार्यबाट वैज्ञानिक पदमा १० प्रतिशत र प्राविधिक अधिकृत पदमा १९ प्रतिशत गरी जम्मा १५ प्रतिशत कर्मचारी थप हुने अपेक्षा गरिएको नार्कले उल्लेख गरेको छ ।
नार्कको बाली तथा पशुपन्छीका जातीय तथा नस्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामाग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक– आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श लगायत मुख्य कार्य क्षेत्र हुन् । जनशक्ति अभावका कारणले यी कार्य सोचे बमोजिम हुन नसकेको बताइएको छ ।
नार्क वि.सं. २०४८ वैशाख २५ मा “नेपाल कृषि अनुसन्धान ऐन, २०४८ अन्तर्गत स्थापित स्वायत्त सरकारी संस्था हो । नार्कले वैशाख २५ लाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
खुम्बुमा एकैदिन सात सय पर्यटक प्रवेश, होटल भरिभराउ
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता