नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता
सोमबार, ३१ वैशाख २०८१, २० : २१

काठमाडौँ । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सि.एन.बैद्यले हस्ताक्षर गरेका हुन् ।
अब कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने छ ।
कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी, र कर्मचारीका आश्रित परिवारले बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा ५ प्रतिशत छुट पाउने छन् भने उपत्यका भित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सहभागी र सहभागीका परिवारलाई बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा ५ र एम्बुलेन्स सेवामा २५ प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
-
शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा
-
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
-
शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध
-
क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प
-
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह