बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओटीटीमा ‘चपली हाइट–३’

बुधबार, ०२ जेठ २०८१, १३ : ४८
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘चपली हाइट–३’ ओटीटी प्लेटफर्म सिनेमा घर एपमा रिलिज भएको छ ।  मंगलबारदेखि यो फिल्म विश्वभरबाट सिनेमा घर एपको प्रयोग गरी हेर्न सकिने भएको हो ।

२०७८ पुस ३० गते सिनेमा हलमा प्रदर्शन भएको तथा तीन दिनमा नै कोभिड–१९ को महामारीले हलहरू बन्द भएपछि यो फिल्म दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । उक्त समयमा पनि फिल्मले दर्शक पाएन ।

निकेश खड्काद्वारा निर्देशित यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ ।

सस्पेन्स–थ्रिलर जनरामा बनेको यो फिल्म चपली हाइट सिरिजको तेस्रो शृङ्खला हो । यसअघि सिनेमा घर एपमा जय भोले, कबड्डी–४, महापुरुष, जारी, ‘पानी फोटो जस्ता रिलिज भैसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप