मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

कुवेतमा पुर्‍याएर महिलालाई बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

कुवेतबाट महिलाको उद्धार
बुधबार, ०२ जेठ २०८१, १४ : १०
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । काभ्रे घर भएकी ४५ वर्षीया महिलालाई कुवेतमा पठाएर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रतिष्ठित कम्पनीमा ‘आकर्षक तलब आउने काममा लगाउँछौँ’ भनेर कुवेतमा पुर्‍याएर उनीहरुले बन्धक बनाएका हुन् ।

पीडितलाई कुवेतस्थित नेपाली राजदूतावास सँग समन्वय गरेर उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।  

काठमाडौँबाट महिलालाई कुवेत पठाउने गिरोहका गोपाल सुनार उर्फ राकेश र आकाशबाबु विक उर्फ आयुषलाई प्रहरीले पक्राउ गरेको छ । दैलेख घर भएका २४ वर्षीय सुनार र गोरखा घर भएका २५ वर्षीय विकलाई बौद्धस्थित पिपलबोटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

पीडितको दाइले घटनाबारे प्रहरीलाई खबर गरेपछि डीएसपी गोविन्द पन्थी नेतृत्वको टिमले अनुसन्धान गरेका हुन् । गोपाल सुनारको समूहले हालसम्म २५ जना महिलाहरूलाई कुवेत पठाएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव बेचबिखन ब्युरोमा पठाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप