सोमबार, १० असार २०८१
ताजा लोकप्रिय

‘लिभ-इन’बारे जिनतको समर्थनमा सोमी, भनिन्- यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ

बुधबार, ०२ जेठ २०८१, १५ : १६
बुधबार, ०२ जेठ २०८१

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री जिनत अमानले हालै सामाजिक सञ्जालमा लिभ-इन रिलेशनसिपको पक्षमा पोस्ट लेखेकी थिइन् । यो पोस्ट पछि केही विवादहरु बाहिर आए । 

दिग्गज अभिनेत्री मुमताजले जिनतलाई लिभ-इन रिलेशनसिपलाई समर्थन गरेको भन्दै आलोचना गरेकी थिइन् । सायरा बानो पनि मुमताजको समर्थनमा निस्केपछि बहस सुरु भयो । 

अब सोमी अली यस विषयमा प्रवेश गरेकी छिन् । उनले लिभ इन रिलेशनसिपमा जीनतको टिप्पणीलाई समर्थन गरेकी छन् । सोमी सलमान खानकी पूर्व प्रेमिका थिइन् र उनले केही फिल्ममा काम गरेपछि बलिउड छोडेकी थिइन् ।

हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा सोमीले भनिन्, ‘धेरैले उनको आलोचना गरेका छन् ।  म लिभ-इन रिलेसनसिपको विपक्षमा छैन । जिनत जीले भनेका कुरामा म १००% सहमत छु किनकि जब तपाईं लिभ-इन सम्बन्धमा हुनुहुन्छ, तपाईंले केही सीमाहरू सेट गर्न सक्नुहुन्छ। एक अर्कालाई चिन्न सकिन्छ। तपाईंलाई मन नपर्ने बानीहरु धेरै छन् भने त्यसको बारेमा तपाईं खुलेर कुरा गर्न सक्नुहुन्छ। तपाईंले व्यक्तिगत स्तरमा आफ्नो पार्टनरको मनपर्ने र मन नपराउने बारे जान्न मौका पाउनु हुन्छ। यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ।’

सोमीले थप भनिन्, ‘हामीले यस्ता धेरै घटनाहरू देखेका छौँ, जहाँ मानिसहरूले एकअर्कालाई नचिनेर विवाह गर्छन् र त्यसपछि सम्बन्धविच्छेद गर्छन्। यो पाकिस्तान र भारतमा हुने मागी विवाहमा धेरै सामान्य छ। जिनतजीको विरोध गर्नेहरूलाई म यति मात्र भन्छु कि हामी सन् १९५० मा बाँचिरहेका छैनौँ । सन् २०२४ मा संसार धेरै परिवर्तन भएको छ । अब केटा र केटीहरू लिभ-इन सम्बन्धमा बस्न सक्छन्।’

जिनतले हालै सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने विवाहअघि सँगै बस्नु महत्त्वपूर्ण छ। मैले छोरालाई पनि यही सल्लाह दिएकी छु । लिभ-इन रिलेशनसिपमा रहेकाहरूका लागि म भन्न चाहन्छु कि यो मलाई एकदमै तार्किक लाग्छ। जब दुई व्यक्तिले आफ्नो परिवारलाई सँगै ल्याउँछन् भने उनीहरूले आफ्नो सम्बन्धको अन्तिम परीक्षा गर्नुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप