त्रिवि सेवा आयोगका सदस्यमा प्राडा अजय भट्टराई नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा प्राडा अजय भट्टराई नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई सेवा आयोगको सदस्यमा नियुक्त गरेका हुन् ।
शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सदस्य सिफारिस समितिले भट्टराईलाई सिफारिस गरेको थियो । कुलपति प्रचण्डले समितिको सिफारिस अनुसार नै नियुक्त गरेका हुन् । उनीसँगै प्राडा सञ्जय आचार्य वैकल्पिकमा परेका थिए ।
सदस्यका लागि ८ जनाले आवेदन दिएका थिए । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । सोही आधारमा ८ जनाले आवेदन दिएका थिए ।
आयोगको अध्यक्षमा गत भदौमा प्रा.डा घनश्याम भट्टराई नियुक्त भएका थिए । सदस्यका लागि प्राडाहरू खगेन्द्र प्रसाद लुइँटेल, राजनारायण यादव, मुकुन्द प्रसाद क्षेत्री, लालप्रसाद अम्गाईं, सञ्जय आचार्य, अजय भट्टराई, ज्ञानबहादुर थापा र नवराज कट्टेलको दरखास्त समितिले स्वीकृत गरेको थियो ।
प्रस्तुतीकरण, अन्तर्वार्ता र सिफारिसपछि उनीहरूमध्ये भट्टराईलाई सिफारिस गरेको थियो । त्रिविमा शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्न ३ सदस्यीय आयोग हुने व्यवस्था छ । आयोगको अध्यक्ष र एक सदस्य कुलपतिले नियुक्त गर्छन् भने एक सदस्य लोक सेवा आयोगका सदस्यबाट चयन गरिन्छ । कुलपतिबाट नियुक्त हुने अध्यक्ष र सदस्यको पदावधि ३ वर्षको हुने व्यवस्था छ । आयोगको सदस्य पद गत मङ्सिरदेखि रिक्त थियो । सदस्य पद रिक्त हुँदा आयोगले लामो समयदेखि पदपूर्ति गर्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो
-
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित
-
आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?