बालविकास शिक्षा सुधारको माग गर्दै अध्यक्ष चापागाईँले सुरु गरे धर्ना
बिहीबार, ०३ जेठ २०८१, १३ : ०३
काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले प्रारम्भिक बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्।
‘शैक्षिक अवसर सबैलाई बराबर’ नारासहित चापागाईँ बिहान १० देखि बेलुकी ५ बजेसम्म निरन्तर उभिएर धर्ना दिने युनियनले जनाएको छ। अध्यक्ष चापागाईँले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’, ‘शैक्षिक अवसर सबैलाई बराबर’ हुनुपर्ने बताएका छन्।
साथै उनले बालविकास शिक्षा सुधार, बालविकास केन्द्रमा कार्यरत सहजकर्ताहरूको पेसागत सेवासुविधा, कम्तीमा स्नातक योग्यता कायम गरी योग्यताअनुसारको तलब, सुविधा र बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्न माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु