सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

भियतनामबाट आए १८० जना बुद्धिस्ट पर्यटक

बिहीबार, ०३ जेठ २०८१, १४ : २५
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । भियतनामबाट १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरू बिहीबार एउटै चार्टर उडानबाट नेपाल भ्रमणमा आएका हुन् । 

भियतनामी बौद्ध धर्मालम्बी एकैपटक यती धेरै सङ्ख्यामा नेपाल आएको रुप्से होलिडेजले जनाएको छ । उनीहरू भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आएको कम्पनीले जनाएको हो । 

कम्पनीका अनुसार उनीहरूले काठमाडौँ उपत्यकाका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्ने कार्यक्रम छ । यस्तै हलेसी दर्शनमा समेत जाने छन् ।

ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने उनीहरूको तयारी छ ।  भियतनामी पर्यटकहरू ७ रात र ८ दिनको यात्रामा काठमाडौँ ओर्लिएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप