बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

‘द पोएट आइडल’ को टप ४ मा ‘डाक्टर कवि’

शनिबार, ०५ जेठ २०८१, ०९ : १६
शनिबार, ०५ जेठ २०८१

काठमाडाैँ । मेडिकल डाक्टर मुस्कान पोखरेलको परिचय यतिबेला कविको रूपमा पनि दर्ज भएको छ ।  ‘द पोएट आइडल’को अन्तिम चरणमा पुगेकी उनको यतिबेला चर्चा चुलिँदो छ । अन्तिम चार प्रतिस्पर्धी उनको अबको जित निर्धारण भोटिङले गर्ने छ । विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छ ।

पुरापुरी तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदै छ । टप चारमा मुस्कानसँगै विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् ।

प्रतियोगीलाई नेपालबाट ओएसआर कनेक्ट तथा  विदेशबाट खल्ती र इ९(सेवाबाट पनि भोट गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप