शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

आम पेन्टर श्रमिक संघ गठन, संयोजकमा चौधरी

आइतबार, ०६ जेठ २०८१, १० : ००
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । पेन्टरहरुको पेशागत हक अधिकारको रक्षा एवं विकासका लागि ‘आम पेन्टर श्रमिक संघ’ गठन गरिएको छ।  शनिबार विनोद कुमार चौधरीको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको हो । 

आम ट्रेड यूनियन फेडरेशन नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न भेलाले चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरिएको सो संगठनले जनाएको छ । 

संघको सदस्यमा लाल बहादुर चौधरी, राजकुमार चौधरी, इन्द्र नारायण चौधरी, राम नारायण सिंह, दिलीप मण्डललगायत रहेका छन् । 

कार्यक्रममा आजपा अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष तिलक थापा तथा उपमहासचिव धनकुमारी मगर लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप