शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

चार धाम यात्रा : १७ तीर्थयात्रीको मृत्यु

आइतबार, ०६ जेठ २०८१, १७ : ३८
आइतबार, ०६ जेठ २०८१

नयाँ दिल्ली । चार धाम यात्रा हिन्दुहरूमा निकै लोकप्रिय छ । यसका लागि वर्षेनी हजारौँ नेपाली भारत पुग्ने गरेका छन् । 

मिडिया रिपोर्टका अनुसार गंगोत्री र यमुनोत्री धामको तीर्थयात्राका क्रममा हालसम्म १४ भक्तजनको मृत्यु भइसकेको छ । यस्तै बद्रीनाथ धाममा पनि तीन यात्रुको मृत्यु भएको छ । यस वर्ष चार धाम यात्रा खुलाइयता अहिलेसम्म १७ भक्तजनले ज्यान गुमाइसकेका छन् ।

यमुनोत्री, गंगोत्री, बद्रीनाथ र केदारनाथ धामको दर्शन गर्न चाहने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बरले बढेको राज्यका अधिकारीहरूले बताएका छन् । तीर्थयात्राका क्रममा भक्तजनको मृत्यु हुनु चिन्ताको विषय बनेको छ । राज्यको स्वास्थ्य विभागका अनुसार मृत्यु हुनेमा धेरैजसो वृद्धवृद्धा छन् । यिनीहरूमध्ये धेरैमा पहिलादेखि नै मुटु र श्वासप्रश्वासको समस्या थियो । 

राज्य सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मे १४ सम्म १ लाख ५५ हजार भन्दा धेरै तीर्थयात्रीहरूले केदारनाथको यात्रा गरेका छन् । यमुनोत्री पुग्नेको सङ्ख्या ७० हजार छ भने  ६० हजार भन्दा धेरैले गंगोत्रीको दर्शन गरेका छन् ।

धेरै तीर्थयात्रीहरूले आफ्नो स्वास्थ्य समस्याहरूबारे जानकारी नगराएको र उच्च उचाइमा भ्रमण गर्दा स्वास्थ्य समस्या निम्त्एिको सरकारी अधिकारीहरूले बताएका छन् । पहिलेदेखि नै मुटुको रोग, फोक्सोको रोग वा श्वासप्रश्वासमा समस्या भएका व्यक्तिले लामो र उचाइको यात्रामा जानु हुँदैन । उच्च उचाइमा जाँदा अक्सिजनको मात्रा घट्न थाल्छ जसका कारण श्वासप्रश्वासमा समस्या हुने र मुटुमा थप दबाब पर्ने खतरा हुन्छ । यी अवस्थाहरू कमजोर स्वास्थ्य भएका व्यक्तिका लागि घातक हुन सक्छ ।

स्वस्थ व्यक्तिहरूले पनि केही कुरालाई गम्भीरतापूर्वक ध्यान दिन जरुरी भएको बताइएको छ । ५० वर्षभन्दा माथिका वा कुनै स्वास्थ्य समस्याबाट ग्रसित भएकाहरूले उच्च उचाइमा यात्रा नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् । तपाईँ स्वस्थ हुनुहुन्छ भने पनि उचाइमा बिस्तारै हिँड्न र आफ्नो शरीरलाई समय समयमा आराम दिन भनिएको छ । यात्राको क्रममा डिहाइड्रेसनबाट बच्न पर्याप्त पानी पिउन र समय समयमा केही बेर सास रोकेर सासलाई सामान्य राख्न भनिएको छ ।

शरीरका लागि स्वस्थ आहार र आराम पनि जरुरी

यात्रामा गएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । आफ्नो आहारमा कार्बाेहाइड्रेटसहित पौष्टिक फलफूल र तरकारीहरू समावेश गर्नुस् । यसले थकान, कम रक्तचाप र कमजोरीलाई रोक्न सक्छ । यात्राको क्रममा अक्सिजनको कमी महसुस भएमा तुरुन्तै नजिकको प्रशासनसँग मद्दत लिनुस् । आफ्नो समस्या लुकाउनु हुँदैन र यात्राको क्रममा उपस्थित स्वास्थ्य अधिकारीहरूसँग समयमै मद्दत लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप