भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी
नयाँ दिल्ली । भारतमा आज पाँचौँ चरणको मतदान भइरहेको छ । मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ।
लोकसभा निर्वाचनअन्तर्गत आज ६ राज्य र २ केन्द्रशासित प्रदेशमा लोकसभाका ४९ सिटमा मतदान सुरु भएको हो ।
महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका ७, बिहार र ओडिसाका पाँच–पाँच, झारखण्डका ३, जम्मु कश्मिर र लद्दाखमा एक–एक सिटका लागि मतदान हुन भइरहेको छ ।
आज हुने मतदानले भारताका सत्तापक्ष र प्रतिपक्षका लामो समयदेखि राजनीतिमा होमिएका चर्चित सांसद र मन्त्रीको आगामी राजनीतिक यात्रा तय गर्ने भएकाले पनि कतिपय स्थानको मतदानलाई निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
रक्षामन्त्री राजनाथ सिंह, बीजेपी नेता तथा केन्द्रीय मन्त्री स्मृति इरानी, कांग्रेस नेता राहुल गान्धी, केन्द्रीय मन्त्री पीयूष गोयल, बिहारका पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिनी आचार्यलगायतको हार जितको फैसला गर्ने छ ।
भारतमा गत अप्रिल १९ देखि सुरु भएको निर्वाचन प्रक्रियामा मतदानको चौथो चरण पूरा भई पाँचौँ चरणमा आइपुगेको छ । मतदान अन्तरगत छैटौँ चरणको निर्वाचन मे २५ मा र अन्तिम चरणको मतदान जुन १ मा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि जुन ४ तारिखबाट मतगणना सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहकारीको छुट्टै नियमनकारी निकाय बनाउन सुझाव’
-
स्वनियमनबाट अपेक्षाकृत परिणाम नआउँदा सहकारीमा विकृति आयो : अर्थमन्त्री पौडेल
-
हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेछौँ : मन्त्री पाण्डे
-
आत्मसमर्पणपछि लुम्बिनीका सांसद धनबहादुर केसी कारागार चलान
-
परामर्श समिति बैठकमा सुदन किरातीको ६ बुँदे फरक प्रस्ताव (पूर्णपाठ)
-
अध्यक्ष अधिकारीको जवाफ : कोरोना र महँगो ब्याजका कारण निगम घाटामा