कार्यव्यवस्था परामर्श समितिमा सभामुख : ध्रुवीकरण होइन, सहकार्य

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न सबै दललाई आग्रह गरेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भने, ‘संसदीय अभ्यासमा केही यस्ता बिजनेस पनि हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्दछ । जस्तो कि केही दिन अघिमात्रै हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौँ ।’
सभामुख घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि त्यस्तै भएको बताए । ‘एक सातापछि नै बजेट ल्याउँदैछौँ । मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसद्मा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनुहुँदैन । संसद्को नेतृत्वको हिसाबले मैले यसको व्यवस्थापन गर्नै पर्दछ । यसलाई गम्भीरतापूर्वक लिन म प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूको ध्यानाकर्षण गराउँदछु’, सभामुख घिमिरेको भनाइ छ ।
उनले आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुनसक्ने भन्दै प्रमुख प्रतिपक्षी दललाई ‘वेटिङ इन गभर्मेन्ट’ पनि भन्ने गरेको स्मरण गराए ।
‘हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ । आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउँछ’, सभामुखको सुझाव छ ।
संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै सभामुख घिमिरेले यही बीचमा प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजीकरण गरेको स्मरण गराए । ‘यो पनि सहमतिको एउटा अंश हो । अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ । आज सहकार्य गरौँ । संसद्मा मतभेदहरू हुन्छन्, विषयमा बहसहरू हुन्छन् । तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ’, सभामुखको भनाइ छ । तर सभामुखको यो आग्रहका बीच संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले सदनमा अवरोध जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्