शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

बिहारमा मतदानका क्रममा भड्किएको हिंसा यथावत्, एकको मृत्यु

मङ्गलबार, ०८ जेठ २०८१, १५ : २८
मङ्गलबार, ०८ जेठ २०८१

नयाँ दिल्ली । भारतस्थित बिहार राज्यको सारणमा पाँचौं चरणको मतदानयता तनाव बढेको छ । मंगलबार बिहान दुई समूहबिच गोली हानाहान हुँदा चन्दन राई नाम गरेका एक जनाको मृत्यु भएको छ भने मनोज यादव र गुड्ड यादव घाइते भएका छन् । थप उपचारका लागि घाइतेहरूलाई पटना रिफर गरिएको छ ।

सोमबार साँझबाटै छपरामा तनाव सुरु भएको थियो । भिखारी ठाकुर चोकस्थित मतदान केन्द्र नम्बर ११८ मा रोहिणी आचार्य पुगेकी थिइन् । सोही क्षणमा भाजपा र आरजेडी समर्थकहरूबिच विवाद सुरु भएको थियो । त्यतिबेला  मामिला केही साम्य भएपनि आज बिहान फेरि त्यही स्थानमा राजद र भाजपाका समर्थकबिच झडप भयो । यस क्रममा एक जनाको मृत्यु भयो भने अन्य दुई जना घाइते भए ।

यी घटनापछि सुरक्षा व्यवस्था बढाइएको छ । प्रहरीले तनाव कम गर्न हल्का बल प्रयोग गर्नुपरेको बताइएको छ । रोहिणी आचार्य आरजेडी अध्यक्ष लालुप्रसाद यादवकी छोरी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप