शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

युवाको बजेट गुणात्मक रूपमा बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

बुधबार, ०९ जेठ २०८१, ०८ : ३०
बुधबार, ०९ जेठ २०८१

भक्तपुर। राष्ट्रिय युवा परिषदद्वारा आयोजित तीनदिने युवा नेतृत्व विकास कार्यक्रम सुरु भएको छ।  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठद्वारा उद्घाटन गरिएको तीनदने कार्यक्रममा परिषदद्वारा सञ्चालित सङ्घ र सातै प्रदेशका नमुना युवा संसद्का पदाधिकारी सहभागी छन्।

'युवा मन्त्रीसँग युवा' कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले युवा सशक्तीकरणका लागि बजेट थप गर्न निरन्तर प्रयत्नशील रहेको बताए। मन्त्री श्रेष्ठले ४२ प्रतिशत युवा रहेको देशमा युवाको बजेट बढाउनुपर्ने जिकिर गरे।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशभरबाट प्रतिस्पर्धाका आधारमा छनौट भएका युवाहरूको वहुआयामिक क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना भएको बताए। षरिषदद्वारा सञ्चालित नमुना युवा संसद अन्तर्गत पालिका स्तरबाट छनौट भएर प्रदेश स्तरमा र प्रदेशबाट छनौट भएका सङ्घीय स्तरमा पुगेका नमुना युवा राष्ट्रपति , प्रधानमन्त्री , प्रदेश प्रमुख , मुख्यमन्त्री , सभामुख , विपक्षी दलका नेता कार्यक्रममा सहभागी छन्।

कार्यक्रमको पहिलो दिन मंगलबार सांसदद्वय  माधवप्रसाद सापकोटा र सोविता गौतमले 'युवासँग युवा सांसद' कार्यक्रम अन्तर्गत वहस तथा अन्तरक्रिया  गरेकी थिइन्। 

कार्यक्रममा मोटिभेसनल स्पिकर रोहित मल्लले युवा र उत्प्रेरणा विषयमा, पूर्व राजदूत महेशराज दाहालले नेतृत्व र कूटनीति विषयमा, पूर्व  सचिव सुरेश अधिकारीले राजनीति र प्रशासन विषयमा सहजिकरण गरेको परिषद्की सूचना अधिकारी राजकुमारी खत्रीले जानकारी दिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप