बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रकारलाई पुरस्कार र कलाकारलाई सम्मान प्रदान

शुक्रबार, ११ जेठ २०८१, ०७ : १९
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ मकवानपुरले यो वर्षको पुरस्कार र सम्मान बाँडेको छ । बिहीबार एक कार्यक्रम गर्दै चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार बाँडेको हो ।

कार्यक्रममा पत्रकार गीता अधिकारीले नगद राशिसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ प्राप्त गरिन् । यो पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका हुन् । 

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी सङ्घको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुन् । अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ ल्याएकी थिइन् । हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छिन् ।

सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरियो । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय छन् । संघले कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोसिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको थियो । 

मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेका यस विधामा सम्मान गर्दै आइरहेको सङ्घका अध्यक्ष कपिल खड्काले बताए ।

पुरस्कार र सम्मान हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानिया, चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, हेटौँडा वडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा–६ का अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सुनील खड्का, वानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईं, महासङ्घ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, सङ्घका संस्थापक अध्यक्ष कुमार अधिकारी, कलाकार सुशान्तकुमार श्रेष्ठ, सङ्घका महिला विभाग संयोजक दीपज्योति थापा, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतले प्रदान गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप