फोटोफिचर
जलमग्न बागमती प्रदेशसभा सचिवालय (तस्बिरहरू)
सोमबार, १४ जेठ २०८१, १५ : १७

हेटौँडा । बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको छ । केहीबेर भएको वर्षाका कारण बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको हो ।
दिउँसो करिब १ बजेदेखि परेको वर्षाको कारण सचिवालयको परिसरमा पानी जम्दा जलमग्न भएको हो । वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालय परिसर तलाउ जस्तै बनेको छ ।
सचिवालय परिसरमा पानी जम्दा प्रदेशसभा बैठक समेत प्रभावित हुन पुगेको थियो । दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक परिसरमा पानी जमेपछि बस्न समस्या भएको थियो । प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार