शनिबार, ०५ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा घुम्रपातका कारण मर्नेको सङ्ख्या २१ पुग्यो, ४२ जना घाइते

मङ्गलबार, १५ जेठ २०८१, ११ : ००
मङ्गलबार, १५ जेठ २०८१

टेक्सस । अमेरिकाको टेक्सस, ओक्लाहोमा र अर्कान्सास राज्यमा आइतबार आएको घुम्रपातमा परेर २१ जनाको मृत्यु भएको छ । अरू ४२ जना भन्दा बढी घाइते भएको बताइएको छ । 

अमेरिकी सञ्चार गृह सीएनएनका अनुसार घुम्रपात, असिना र आँधीको चपेटामा करिब १० करोड मानिस परेका छन् । घुम्रपातका कारण यी तीन राज्यमा कयौँ भवनहरू क्षतिग्रस्त भएका छन् । ग्यास लाइन, र एक इन्धन स्टेसन पनि नष्ट भएको बताइएको छ । 

उद्धार टोली घटनास्थलमा पठाइएको छ । इलिनोइस, केन्टकी, मिसौरी र टेनेसी सहरमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ झन्डै बेसबल आकारको असिना झरेको थियो ।

  • अर्कान्सासमा आपत्काल घोषणा

टेक्सासमा घुम्रपातका कारण ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ बालबालिका पनि रहेका छन् । जसमध्ये एकजना २ वर्ष र अर्काे बालक ५ वर्षका थिए । 

अर्कान्सासमा ८ जनाको मृत्यु भएको छ । अर्कान्सासका गभर्नर साराह हकाबी स्यान्डर्सले आपत्कालको घोषणा गरेकी छन् । केन्टकीमा एक व्यक्तिको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप