बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

बुवाको हत्या आरोपमा छोरा पक्राउ

बिहीबार, १७ जेठ २०८१, १८ : ०२
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । प्रहरीले दैलेखको दुल्लुबाट बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । दुल्लु नगरपालिका–१२ दहसुनार घर भएका २६ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको दैलेखका डीएसपी किशोर लम्सालले रातोपाटीलाई बताए ।

गणेशले ६१ वर्षका बुवा मनवीरे सुनारको कुटपिट गरी हत्या गरेका हुन् । जेठ १ गते राति ढुङ्गा र हथौडा प्रहार गर्दा गम्भीर घाइते भएका मनवीरेको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

आरोपीविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपी लम्सालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप