मुख्यमन्त्री कार्की र प्रेमवादी सद्गुरुबिच भेट
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग प्रेमवादी दर्शनको प्रवर्द्धक बाल तपस्वी सद्गुरु ओमनन्दले भेट गरेका छन् ।
मानवता र प्रेम भावको विकास गर्दै समाजमा शान्ति कायम गर्न सकिन्छ भन्ने भावसहित अभियान चलाइरहेका सद्गुरुले कोशी प्रदेश नामकरणले प्रदेशमा प्रेम र शान्ति छरेको बताए । उनले नेपाल सानो देश भएपनि जातजाति भन्दा पनि प्रेमसहितको सद्भाव ठुलो रहेकाले कोशी प्रदेश नामकरणले सबैको भावना समेटेको बताए । मानवतावादी, प्रेमवादी र राष्ट्रवादीहरूले जात, जातीको कुरा नगरीकन सबैको भावना समेट्नुपर्ने उनको भनाइ छ ।
सो भेटघाटमा मुख्यमन्त्री कार्कीले मानवतावादी र प्रेमवादी दर्शन प्रबद्र्धनका लागि आफ्नो सहयोग र सद्भाव रहने बताए । भेटघाटमा झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा बनाउन लागिएको ध्यान केन्द्रलाई आवश्यक बजेट छुट्याइ सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सद्गुरुका करिब ४० देशमा अनुयायी रहेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण