शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस बैठक सकिने बित्तिकै पौडेल समूह बन्यो असन्तुष्ट

आइतबार, १६ वैशाख २०७५, २० : ४८
आइतबार, १६ वैशाख २०७५

काठमाडौं–नेपाली कांग्रेसको बैठकको निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएको छ ।
 

बैठक सकिएलगत्तै पार्टी कार्यालय सानेपामा आइतबार साँझ पत्रकार सम्मेलन गरी नेता पौडेलले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरिएको दाबी गरे । 

पौडेलले यस्तो दाबी गर्नुअघि प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसँग कुराकानी गर्दै आगामी भदौमा महासमिति बैठक बालाउने लगायतका सबै निर्णयहरु सर्वसम्मत   भएको बताएका थिए ।   बैठकले अघिल्लो निर्वाचनमा हार बेहोर्नुको प्रमुख कारण बाम गठबन्धननै भएको निश्कर्ष निकाल्दै हारको जिम्मेवारी आ–आफ्नै हिस्सेदार अनुसार लिनुपर्नेमा जोड दिइएको पनि उनले बताएका थिए । 

बैठकले भोलिनै निर्वाचित केन्द्रीय समिति बैठक बोलाएर  पदाधिकारी मनोनयन गर्ने तय पनि गरेको बताइएको छ । सो निर्णयमा पौडेल समूहको असन्तुष्टि रहेको बताइएको छ । देउवाले पदाधिकारीमा सबै आफू निकटकालाई मनोनयन गर्ने तयारी गरेसँगै त्यो बुझेर पौडेल समूह रुष्ट बनेको बताइएको छ । 

बैठक सकिएसँगै महामन्त्री शशांक कोइरालासँगै प्रवक्ता शर्मा पत्रकार माझ उपस्थित भएका थिए भने सोलगत्तै पौडेलले पनि छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेका थिए । 

पौडेलको पत्रकार सम्मेलनमा  धनराज गुरुङ, गगन थापा, कल्याण गुरुङ, रामशरण महतलगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको  थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप