आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अब्दुल खानको प्रश्न : कहिलेसम्म बर्दिया जिल्ला अस्पतालको भुईंमा बिरामीको उपचार गर्ने ?

आइतबार, २० जेठ २०८१, ११ : ५१
आइतबार, २० जेठ २०८१

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले बर्दिया जिल्ला अस्पतालमा बिरामीको अत्यधिक चापका कारण आकस्मिक कक्षमा बिरामीलाई उपचार गर्ने ठाउँ नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद खानले अस्पतालको भुँइमा राखेर बिरामीको उपचार गर्ने काम भइरहेको बताउँदै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । 

उनले गर्मीका कारण देशभरको जनजीवन अस्तव्यस्त रहेको बताउँदै बाँके र बर्दियामा अत्यधिक गर्मीका कारणले  विद्युत्‌काे अत्यधिक कटौती हुँदा पङ्खा, एसी चलाउन समेत नपाउँदा जनता धेरै पीडित रहेको बताए । उनले विद्युत नियमित गर्नका लागि विद्युत् प्राधिकरणलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप