शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
जब राजदूतहरू माउरिस हार्जोगलाई पछ्याउँदै पदयात्रामा निस्किए (तस्बिरहरु)
प्रदेश

जब राजदूतहरू माउरिस हार्जोगलाई पछ्याउँदै पदयात्रामा निस्किए (तस्बिरहरु)

आइतबार, २० जेठ २०८१

पोखरा । गण्डकी प्रदेशको पर्यटनमा विशेष पहिचान छ । केही महिनाअघि पोखरालाई पर्यटनको औपचारिक राजधानी घोषणा गरिएको थियो । 

यसले समग्र गण्डकीको पर्यटनलाई प्रभाव पार्ने विश्वास पर्यटन क्षेत्रको छ । पोखरा र गण्डकीको पर्यटन यो अवस्थामा आउनुमा शुत्रधारसम्म पुग्नुपर्ने हुन्छ ।

सन् १९५० जुन ३ मा जब फ्रान्सेली राजदूत माउरिस हार्जोगको टोलीले सफल रूपमा अन्नपूर्ण प्रथमको आरोहण गरे, अनि उनकै पदचाप पछ्याएर यो क्षेत्रमा पर्यटकको ओइरो लाग्यो । अहिलेको अनुमानित आँकडा अनुसार नेपाल आएका मध्ये ४० प्रतिशत पर्यटक पोखरा आउँछन् । तीमध्ये सबैजसो पदयात्राका लागि निस्किन्छन् ।

गण्डकीका ५ वटा जिल्ला चिरेर चल्ने अन्नपूर्ण पदमार्ग विश्वकै उत्कृष्ट पदमार्ग मध्ये एक मानिन्छ । तर पछिल्ला वर्षहरुमा पदमार्गको दुरी सडकले घटाउँदै लगेको छ । कतै पदमार्गको नामोनिसान छैन भने कतै सडकले छोट्याएको छ । अहिले अन्नपूर्ण पदमार्गको विकल्पहरु खोजी भइरहेका छन् ।

जुन ३ को पूर्व सन्ध्यामा नेपाल पर्यटन बोर्ड, परराष्ट्र मन्त्रालय, गण्डकी प्रदेश सरकार लगायत विभिन्न संघ संस्थाहरूको समन्वयमा नयाँ पदमार्गको ‘एक्सप्लोर’ गरिएको छ । पर्यटकीय गाउँ धम्पुसदेखि हेमजाकोट हुँदै अस्तामसम्मको पदमार्गलाई प्रवर्द्धन गर्ने गरी कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू उपस्थित थिए । पदयात्रा टोलीलाई ठाउँठाउँमा स्थानीयले स्वागत र सत्कार गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया