सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

मिटिङमा तपाईंको ठाउँमा बसिदिनेछ अब तपाईंको एआई अवतार

बिहीबार, २४ जेठ २०८१, १६ : ४६
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । सोच्नुस् त कुनै विशेष दिनको लागि तपाईँले खास योजना बनाउनुभयो । तर त्यही बेला हाकिमले तपाईँलाई फोन गरेर एउटा महत्त्वपूर्ण बैठक छ, जसरी भए पनि आउनै पर्छ भनेर भने भने के होला ? यस्तोमा मुड खराब हुनु त सामान्य नै हो । यो समस्याको समाधान कसरी गर्ने त ? तपाई सहभागी हुनु पर्ने बैठकमा तपाईँको एआई अवतार सहभागी हुन सक्नेछ ।

यो अन्त होइन जुम मीटिङ एपमा चाहिँ सम्भव हुने भएको छ । भिडियो कन्फ्रेन्सिङ एप जुमका सीईओ एरिक युआनले यसबारे जानकारी पनि दिएका छन् । अब प्रयोगकर्ताको एआई अवतार पनि उनको ठाउँमा बैठकमा उपस्थित हुन सक्ने उनले बताएका छन् । यी अवतारहरूलाई पहिला नै प्रयोगकर्ताको बैठक एजेन्डा र पहिलाका कन्टेन्टका आधारमा तालिम दिइनेछ । सोहीका आधारमा एआई अवतारले मिटिङमा तपाईँको  प्रतिनिधित्व गरिदिनेछ । आगामी दिनमा एआई अवतारले बैठकहरूमा मानिसको स्थान लिने युआनको भनाई छ ।

आगामी ५–६ वर्षमा ९० प्रतिशत काम एआईमार्फत हुने उनको भनाइ छ । ‘आज तपाईँ र म अनलाइनमा कुराकानी गरिरहेका छौँ । तर भोलि मेरो एआई अवतारले मेरो ठाउँमा तपाईँसँग कुरा गर्नेछ । यसले मानिसको निजी जीवन र कामबिच सन्तुलनमा सुधार हुनेछ ।’ उनले भनेका छन् । जुमले छिट्टै आफ्नो प्लेटफर्ममा धेरै एआई फिचरहरू थप्दैछ । यी फिचरहरू आएपछि स्वचालित ट्रान्सक्रिप्शन जस्ता फिचर उपलब्ध हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप