बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय

बालेन र सुमनाबारे ओलीको प्रस्टोक्ति : झिँगा दङ्ग हुन्छ, अनावश्यक जोड्नु व्यर्थ छ

शुक्रबार, २५ जेठ २०८१, १४ : २०
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् ।  शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले कसैसँग पनि अनावश्यक विवादमा गर्न नचाहेको बताए ।

‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो ? त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर’, ओलीले भने, ‘म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ, म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ भन्ने पक्षमा छु ।’

मेयर बालेनले केही दिनअघि गिरीबन्धु प्रकरणको घोटालामा ओली संलग्न रहेको भन्दै लेखेका थिए । त्यस्तै ओलीले आफूले दिएको अभिव्यक्ति शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको प्रष्टीकरण पनि दिएका छन् ।

‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढङ्गले जोड्नु व्यर्थ छ’, ओलीको भनाइ छ । 

केहीदिन पहिला अध्यक्ष ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भनेर शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले प्रतिवाद गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप