जनकम्युन अवलोकनका लागि चितवन पुगे विप्लव (तस्बिरहरू)
_fTtovcfAGR.jpg)
चितवन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चितवनको माडी पुगेका छन् । चितवनको माडीमा पार्टीले सञ्चालन गरेको जनकम्युन अवलोकन गर्न महासचिव विप्लव आफ्नो सचिवालय टिमसहित शनिवार चितवन पुगेका हुन् ।
नेकपाले चितवनको माडीमा २० विघा क्षेत्रफलको जग्गा लिई जनकम्युन सञ्चालन गर्दै आएको विप्लव निकट पत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय उत्पादन विभाग गठन गरी पार्टीका विपिएम सन्देश पौडेललाई मुख्य जिम्मेवारी तोकेको छ । चितवनका स्थायी बासिन्दा समेत रहेका पौडेलको नेतृत्वमा २० बिघा क्षेत्रफलको जग्गामा ५ बिघामा माछा फर्म सञ्चालन गरिएको छ भने ४ विघामा चैते धान ,करिब ४ विघा क्षेत्रमा मकै, कृषि औजार र सिँचाइका लागि आधुनिक बोरिङ गाडिएको छ ।
सोही क्षेत्रमा रहेको विभागीय कम्युनमा विप्लवले शुक्रबार र शनिवार अवलोकन गर्नुका साथै यसलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा स्थानीय पार्टी नेतृत्वसँग छलफल गरेका थिए । नेकपाले चितवन, पूर्वको सुनसरी, झापा, पश्चिम नेपालको बाँके, बर्दिया र पार्टी मुख्य कार्यालय रहेको कपिलवस्तुमा समेत ठुलो क्षेत्रमा पार्टी नेताहरूको सहभागितामा खेतीपाती गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
नेपालमा कार्यरत विदेशी कामदार विस्थापित गरेर नेपाली कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?
-
चीन–दक्षिण एसिया प्रदर्शनीमा नेपालीहरूको उल्लेख्य सहभागिता
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह