प्रवासी मञ्च अष्ट्रियाको अधिवेशनको तयारी पूरा
अष्ट्रिया । प्रवासी मञ्च अष्ट्रियाको अधिवेशनको तयारी पूरा भएको छ । यही जुन २३, २०२४ मा हुने प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाको ७ औँ अधिवेशनको तयारी पूरा भएको हो ।
विश्वका ४० मुलुकहरूमा छरिएर रहेका राष्ट्रिय कमिटीहरूमध्ये यूरोपको सुन्दर र शान्त देश अष्ट्रीयामा हुन लागेको पहिलो कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको काम सकिएको मंचका अध्यक्ष डि आर नेपालले जानकारी दिए ।
विदेशबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, यूरोप इन्चार्ज तथा सचिवालय सदस्य भक्त बहादुर वाग्ले, केन्द्रीय सदस्य तथा अष्ट्रीया इन्चार्ज सरस्वती केसी केन्द्रीय सदस्य सन्तोष भट्टराई तथा यूरोप संयोजक मुक्त बहादुर गुरुङ र सचिव शालिक थपलिया, बेल्जियम राष्ट्रिय कमिटी अध्यक्ष विनोद न्यौपाने, नेदरल्याण्ड राष्ट्रिय अध्यक्ष केशव राज पाण्डे, माल्टा संस्थापक अध्यक्ष सत्य झाको उपस्थित रहने सचिव बाबा राजेश्वरी थापाले जनाइन् ।
त्यस्तै अष्ट्रियाको लागि नेपाली राजदूत भरत कुमार रेग्मी, गैरआवासीय नेपाली संघ अष्ट्रीयाका अध्यक्ष तथा भियनास्थित वैचारिक संगठनका अध्यक्षहरू तथा समाजका लब्ध प्रतिष्ठित साथै व्यावसायिक–समाजसेवीहरूको उद्घाटन समारोहमा सहभागिता रहने समेत उनले जानकारी दिइन् ।
“सबल प्रवासी समृद्धि नेपाल – सामाजिक रुपान्तरण हाम्रो अभियान” भन्ने मूल नाराको साथ भियनास्थित Delights of India, Untere Augartenstraße 10, 1020 Vienna मा अपराह्न १२ बजेदेखि सुरु हुने समुद्घाटन शत्र मौलिक एवं संक्षिप्त रहने, समाजमा सकारात्मक सन्देश संप्रेषण गर्न सफल हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का