टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली बलर

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर सन्दीप लामिछाने हुन् । यी प्रभावशाली लेग–स्पिनरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ खेल खेल्दै ९८ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन केवल नौ रन खर्चिएर पाँच विकेट हो ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा करण केसी रहेका छन् । करणले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६९ खेल खेल्दै कुल ९० विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन २१ रन खर्चिएर पाँच विकेट हो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने नेपाली बलरको सूचिमा तेस्रो नम्बरमा अविनाश बोहरा छन् । उनले ६० खेलको ५७ पालीमा ७५ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन भने केवल ११ रन दिएर ६ विकेट हो ।
यो सूचिमा चौथो स्थानमा सोमपाल कामी रहेको छन् । उनले ६६ खेल खेल्दै ५९ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर तीन विकेट हो । पाँचौँ नम्बरमा दीपेन्द्रसिंह ऐरी छन् । उनले ३८ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर चार विकेट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अति नै थकाई लागेको छ ? गर्नुस् यी पाँच चिज
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
खुम्बुमा एकैदिन सात सय पर्यटक प्रवेश, होटल भरिभराउ
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो