यू–१९ सुदूरपश्चिम छनोटः कञ्चनपुरको लगातार दोस्रो जित

बैतडी । यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह ‘बी’ को चौथो खेलमा कञ्चनपुर विजयी भएको छ ।
कञ्चनपुरले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा अछामलाई ९१ रनले हरायो । यसअघि पहिलो खेलमा कञ्चनपुरले बझाङलाई ४ विकेटले पराजित गरेको थियो । जितका लागि पाएको १२६ रनको लक्ष्य पछ्याएको अछाम ९.१ ओभरमा ३४ रनमा समेटियो । उसका युवराज खत्रीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
अछामको पारी ध्वस्त पार्ने क्रममा कञ्चनपुरका कप्तान हेमन्त धामीले ५ विकेट हात पारे । म्यान अफ द म्याच समेच चुनिएका हेमन्तले ४ ओभरमा १ मेडल राख्दै १३ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन् । यस्तै अभिषेश थापाले ३ विकेट लिए ।
यसअघि परशुराम रङ्ग मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ३५.१ ओभरमा १२५ रनमा समेटियो । जसमा राहुल चन्दले सर्वाधिक २२ रन हिर्काए । अछामका युवराज खत्री,खगेन्द्र कुँवर र रविन भण्डारीले २÷२ विकेट हात पारे । यो जितसँगै कञ्चनपुर ४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । अछाम भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत भोलि कैलाली र बझाङ भिड्न छन् ।
समूह ‘बी’ बाट शीर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसँग भिड्ने छ । समूह ‘ए’ बाट बैतडी लिग चरणका सबै खेल जितेर फाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा
-
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक