अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मङ्सिर अन्तिम साता
शुक्रबार, ३२ जेठ २०८१, ०७ : ३६
काठमाडौँ । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आउँदो मङ्सिर अन्तिम साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको केन्द्रीय पदाधिकारी बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मङ्सिर २५, २६ र २७ गते गर्ने निर्णय गरेको हो । साथै आगामी भदौ २५ मा विधान सम्मेलन गर्ने निर्णय गरिएको फ्याक्सन इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।
सङ्गठनको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रज्ञा भवनमा बस्ने बैठकमा सदस्यको उमेर हदबन्दीबारे बहस हुनेछ । साथै केन्द्रीय समिति १९९ सदस्यीय बनाउनुपर्ने प्रस्तावमाथि पनि केन्द्रीय कमिटीमा छलफल हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु