सही उपयोग र उचित प्रयोग नहुँदा रगतको अभाव
रगत अभावका बारेमा हामीले बेलाबेला विभिन्न सञ्चारमाध्यममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरे पनि बेलाबेला रगतको अभाव भएको खबर सुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ ।
नेपालमा हाल वार्षिक तीन लाख ५० हजारदेखि चार लाख पिन्ट (एक पिन्टमा ४७३.१७ मिलिलिटर हुन्छ) रगत आवश्यक हुने गरेको छ ।
रक्तदान गर्ने युवा दिन प्रतिदिन रोजगारी र पढाइका सिलसिलामा बिदेसिएका छन् । वार्षिक रूपमा नेपालभर जम्मा तीन लाख पिन्ट मात्र रगत सङ्कलन हुँदै आएको छ । यो डेटालाई हेर्ने हो भने नेपालमा अझै वार्षिक एक लाख पिन्ट रगत अपुग देखिन्छ । उसो त तीन लाख पिन्टबाट नौ लाख रक्ततत्त्व बनाउन सकिन्छ । यसरी हेर्दा रक्ततत्त्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ ।
नेपालमा दैनिकजसो सङ्कलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन रगत अभाव हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको प्रयोगभन्दा ‘होल ब्लड’को प्रयोग गर्नु र कुनै बिरामीका लागि बढी भएको रगतको व्यवस्थापन नगर्नु पनि अभावको अर्को मुख्य कारण हो ।
कतिपय अवस्थामा कुनै एक बिरामीका लागि दुई पिन्ट रगत आवश्यक ठानी लगिएको हुन्छ । उक्त बिरामीलाई एक पिन्ट मात्र रगतले पुग्न सक्छ, यस्तो अवस्थामा बाँकी रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गइरहेको हुन्छ ।
कतिपय अवस्थामा कुनै एक बिरामीका लागि दुई पिन्ट रगत आवश्यक ठानी लगिएको हुन्छ । उक्त बिरामीलाई एक पिन्ट मात्र रगतले पुग्न सक्छ, यस्तो अवस्थामा बाँकी रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गइरहेको हुन्छ ।
हामीले एक पिन्ट रगतबाट तीनदेखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ । एकै प्रकारको रगतलाई भिन्न तीनदेखि पाँच प्रकारको रगत बनाउन धेरै रक्त सञ्चार केन्द्र छन् तर पनि शतप्रतिशत रक्ततत्त्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्रान्डी अस्पतालमा रहेको छ । ग्रान्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट तीनदेखि पाँच प्राकृतिक रगत बनाउँदै आएको छ ।
जुन बिरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर ग्रान्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको समस्या भएको केसमा बिरामीका आफन्त रगत खोज्नका लागि ग्रान्डीमा आउने गरेका कैयौँ उदाहरण छन् ।
ग्रान्डीले हाल वार्षिक तीन हजारदेखि पाँच हजार पिन्ट रगत सङ्कलन गर्दै आएको छ । उक्त सङ्कलन गरिएको तीन हजारदेखि पाँच हजार पिन्ट रगतबाट नौ हजारदेखि १५ हजार पिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ ।
रगतको ‘कम्प्लिकेसन’को चेकजाँच ग्रान्डी अस्पतालमा हुने गरेको छ । ग्रान्डीले हाल लगभग सबैथरी ‘ब्लड ग्रुप एन्टिबोडिज’को चेक जाँच गर्दै आएको छ । उक्त अस्पतालले ट्रान्सप्लाटका लागि एन्टिबडी ट्राइट्रेसन जाँच, रगतका बिरामीलाई चाहिने टेस्ट एन्टिबडी आइडेन्टिफिकेसन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनसँग पुरानै योजनामा समझदारी, नेपालले बनाएको फ्रेमवर्कका विषय नै परेनन्
-
गाजाबाट इजरायली बन्धक रिहा नभए मध्य पूर्वमा गम्भीर क्षति हुने ट्रम्पको चेतावनी
-
बोपाराको अर्धशतकको मद्दतले चितवन राइनोजले दियो १६२ रनको लक्ष्य
-
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली बेइजिङमा व्यस्त, भएन बीआरआईबारे छलफल
-
अर्धशतक बनाए लगत्तै आउट भए रवि बोपरा