नेपाल र बंगलादेशको खेलमा बनेका केही रोचक रेकर्ड
काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो ।
यस खेलसँगै विश्वपकमा समूह डी को समीकरण पूरा भएको छ । समूह डी बाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको दोस्रो चरणमा प्रवेश गरेका छन् । आठ अङ्क बटुलेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो भने छ अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो ।
यस खेलमा विभिन्न रेकर्डहरु बनेका छन् । हेरौँ केही रेकर्ड :
१०६ – बंगलादेशले नेपालविरुद्ध रक्षा गरेको स्कोर । पूरै २० ओभर खेलिएको पुरुष टी–२० विश्वकपमा कुनै पनि टोलीले सफलतापूर्वक रक्षा गरेको सबैभन्दा न्यून लक्ष्य हो । यसअघि गत हप्ता दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध ११३/६ को लक्ष्य रक्षा गरेको थियो ।
२ – टी–२० अन्तर्राष्ट्रियमा आईसीसीको पूर्णकालीन सदस्यले योभन्दा न्यून लक्ष्य रक्षा गरेको अवसर । सन् २०१४ मा वेस्ट इन्डिजले आयरल्यान्डविरुद्ध ९६/९ को स्कोर रक्षा गरेको थियो । त्यस्तै, जिम्बाब्वेले सन् २०१० वेस्ट इन्डिजविरुद्ध अलआउट हुँदै बनाएको १०५ रनको लक्ष्य रक्षा गरेको थियो ।
२१ – तान्जिम हसन सकिबले फालेको डट बलको सङ्ख्या । कुनै पनि बलरले टी–२० विश्वकपको खेलमा फालेको सबैभन्दा धेरै डट बल हो । यसअघि ९ वटा बलरले २० वटा डट बल फालेका थिए । यसमध्ये सात वटा यही विश्वकपमा भएको थियो ।
- ३ – नेपाल र बंगलादेशको खेलसहित टी–२० विश्वकपमा दुवै टोली अलआउट भएको अवसर । यसअघि सन् २०१० मा अस्ट्रेलिया र पाकिस्तान र सन् २०१४ मा श्रीलंका र न्युजिल्यान्डबिचको खेलमा यस्तो भएको थियो ।
- ७ – तान्जिम र मुस्तफिजुर रहमानले नेपालविरुद्ध खर्च गरेको रनको सङ्ख्या । उनीहरूले पुरुष टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशका बलरहरूले खर्च गरेको सबैभन्दा कम रनको रेकर्ड बराबरी गरेका हुन् । यसअघि यही वर्षमा अमेरिकाविरुद्धको खेलमा रिसाद होसेनले यो उपलब्धि हासिल गरेका थिए ।
८५ – अर्धशतकीय साझेदारीका बाबजुद कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा तेस्रो न्यून स्कोर हो । यसअघि सन् २०२१ मा नर्वेले जर्मनीविरुद्ध आठौँ विकेटका लागि ५९ रनको साझेदारी गरे पनि ७६ रनमा अलआउट भएको थियो । त्यस्तै, ओपनरले ५२ रनको साझेदारी गरे पनि क्यामरुन घानाविरुद्ध ७६ रनमा नै अलआउट भएको थियो ।
१०६ – बंगलादेशले नेपालविरुद्ध बनाएको स्कोर । आईसीसीको कुनै पनि पूर्णकालीन सदस्यले टी–२० विश्वकपमा एसोसिएट टोलीविरुद्ध बनाएको दोस्रो न्यून स्कोर हो । यसअघि सन् २०१४ मा इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ८८ रन बनाउँदै अलआउट भएको थियो ।
यो स्कोर टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि पूर्णकालीन सदस्यले एसोसिएट राष्ट्रविरुद्ध बनाएको पाँचौँ न्यून स्कोर हो । यसअघि बंगलादेश सन् २०१४ को विश्वकपमा हङकङविरुद्ध १ सय ८ रनमा अलआउट भएको थियो ।
५४ – सन्दीप लामिछानेलाई टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्न लागेको खेलको सङ्ख्या । उनले रासिद खानपछि सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् । खानले ५३ खेलमा १ सय विकेट पूरा गरेका थिए ।
ईएसक्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
-
ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
-
ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिडडुल गर्नै हुन्छ अप्ठ्यारो
-
हिमाल हेर्न कोखेडाँडा
-
१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल