मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेविसंघमा विवाद थप बल्झियो, महामन्त्रीले बोलाएको बैठकप्रति अध्यक्षको आपत्ति

बुधबार, १९ वैशाख २०७५, ११ : ४६
बुधबार, १९ वैशाख २०७५

काठमाडौं– काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद थप बल्झिएको छ ।

 संघका अध्यक्ष नैनसिंह महर विधान, परम्परा र मूल्य मान्यता विपरित मनोमानी ढंगले चलेको आरोप लगाउँदै महामन्त्री कुन्दनराज काफ्लेको समूहले केन्द्रिय समितिको बैठक डाकेको छ । 
काफ्ले समूहले बिहिबारको लागि बैठक बोलाएसँगै अध्यक्ष महरले संगठन विरोधी समूहको अवैधानिक कदम भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

महामन्त्री समूहले विधिवत रुपमा १२ औं महाधिवेशनका लागि केन्द्रिय समिति बोलाइएको दाबी गरेको छ भने सभापति समूहले महाधिवेसन हुन नदिने समुहले अवैधानिक रुपमा बैठक वोलाइएको वताएको छ ।  ‘अध्यक्षको सहमति बिना बैठक वोलाउन मिल्छ?’ महरले भने । 

महामन्त्रीतर्फ लक्षित गर्दै महरले पोखरा महाधिवेशन भाँड्ने समूह नै १२औं महाधिवेसन हुन नदिन लागेको आरोप लगाए । 

 यसो त संस्थापन पक्षले पनि आगामी १२औं महाधिवेशनको विषयमा छलफल गर्न भन्दै २८ र २९ वैशाखका लागि केन्द्रीय समिति बैठक   बोलाएको छ । 

सो अघि नै बैठक बोलाएको काफ्ले समूहले  बैठकमा बहुमत निर्वाचित केन्द्रिय सदस्यको उपस्थित हुने दाबी गरेको छ । 

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले  अध्यक्षको कारण संगठनको गतिविधि शून्यप्रायः रहेको अवस्थामा  संगठनलाई नयाँ दिशा दिनका निमित्त  बैठक बोलाइएको बताए ।  बिहिबार बोलाइएको बैठकमा

 विधान विपरित भएका मनोनयन, प्रक्रिया बाहिरबाट चयन गरिएका नेतृत्वलगायतका सवालमा छलफल हुने बताए । 

 नेविसंघमा १५० जनाको सदस्यीय केन्द्रिय समिती छ । मनोनित सदस्यहरुलाई मान्यता नदिने बताउँदै काफ्लेले केन्द्रिय सदस्य १२९ जनाको मात्रै रहेको बताए ।

  तीन समूह रहेको नेविसंघमा दुई समूह बनाउने प्रयास गरिएको महामन्त्री काफ्ले रातोपाटीलाई बताए । रामचन्द्र पौडेल पक्षधरका विद्यार्थी नेताहरुको पनि आफूलाई समर्थन रहेको उनले दाबी गरे । 

यसैबीच विहिवारको लागि डाकिएको केन्द्रिय समितीको बैठकमा सहभागि हुने ÷नहुने विषयमा छलफल गर्न पौडेल पक्षीय विद्यार्थी नेता मनोजमणी आचार्यको समूह महामन्त्री शशांक कोइरालाको घरमा पुगेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप