किम जोङ उनले गरे युक्रेनमा रुसी आक्रमणको समर्थन

प्योङ्याङ । यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा छन् । बुधबार उनी त्यहाँ पुगेका हुन् ।
पुटिनले त्यहाँ न्यानो स्वागत पाएका छन् । स्वागत समारोहपछि राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच वार्ता भएको थियो ।
रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले एक समाचारमा दुई नेताबिच करिब दुई घण्टा कुराकानी भएको बताएको छ । यस क्रममा किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गरेको बताइएको छ । रुसी एजेन्सी इन्टरफ्याक्सको रिपोर्ट अनुसार किमले रुससँगको आफ्नो रणनीतिक सहयोगलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । पुटिन करिब २४ वर्षपछि उत्तर कोरिया पुगेका छन् ।
यसअघि उनी २००० मा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यति बेला किमका पिता उत्तर कोरियाका सर्वोच्च नेता थिए । रुसी सञ्चारमाध्यम आरआईएका अनुसार दुई नेताले विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । पुटिनका सल्लाहकार युरी उशाकोभले मंगलबार रुसी सञ्चारमाध्यमलाई यसबारे जानकारी दिएका हुन् । तर सो सम्झौतामा के–के बुँदा समावेश छ भन्ने कुरा भने खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन