साउदीमा हज गर्न गएका ९८ जना भारतीयको मृत्यु

नयाँ दिल्ली । यसवर्ष साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार यस वर्षको हालसम्मको अवधिमा १ लाख ७५ हजार तीर्थयात्री हजका लागि गएका थिए ।
अत्यधिक गर्मीका कारण साउदी अरबमा धेरै देशका नागरिकको मृत्यु भएको छ । साउदी अरबमा मृत्यु हुनेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरिएको छैन तर अहिलेसम्म ९०० भन्दा बढी तिर्थालुको मृत्यु भएको अनुमान गरिएको छ ।
‘हरेक वर्ष ठुलो सङ्ख्यामा भारतीय तीर्थयात्री हज जान्छन् । यो वर्ष अहिलेसम्म १ लाख ७५ हजार भारतीय हज गएका छन् । अहिलेसम्म साउदी अरबमा ९८ भारतीयको मृत्यु भएको छ’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् ।
साउदी अरबमा हजका क्रममा ज्यान गुमाएका मानिसलाई त्यहीँ गाडिन्छ । हरेक वर्ष विश्वभरबाट लाखौं तीर्थयात्री मक्का र मदिनामा जान्छन् । हजको समयमा मर्नु र साउदी अरबमा गाड्नुलाई मुस्लिमहरूले सौभाग्य ठान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग