अस्ट्रेलियालाई हराएपछि रोहितले के भने ?
काठमाडौँ । भारतीय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
सोमबार भएको भारत र अस्ट्रेलियाबिचको खेलपछि कप्तान रोहित शर्मा आत्मविश्वासले भरिएको देखिए । खेलपछि रोहितले भने, ‘धेरै सन्तोषजनक प्रदर्शन रह्यो । हामीलाई अस्ट्रेलिया र उसको खतरनाक खेलबारे थाहा छ। टोलीका रूपमा हामीले राम्रो प्रदर्शन गरेका छौँ । हामीले गर्नुपर्ने काम गरिरह्यौँ। टोलीका रूपमा हामीले राम्रो आत्मविश्वास पाएका छौँ।
‘२ सय राम्रो स्कोर हो तर जब तपाईं यो स्थानमा खेल्दै हुनुहुन्छ, हावा एक ठुलो कारक हो । यहाँ जे पनि हुन सक्छ। तर मलाई लाग्छ हामीले राम्रो खेल्यौँ,’ रोहितले भने ।
शतक बनाउन चुकेको बारे गरिएको प्रश्नमा उनले भने, ‘...५० र १ सयले मलाई फरक पर्दैन। बलरहरूलाई दबाबमा राख्न आवश्यक छ र त्यसका लागि उनीहरूले ठुलो स्कोर गर्नुपर्छ। मैले मैदानको हरेक दिशातर्फबाट खेल्ने प्रयास गरेँ, एक तर्फ मात्र होइन।’
भारत र अस्ट्रेलियाबिचको सुपर ८ खेलमा भारतले पहिले ब्याटिङ गर्दै २ सय ६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोलीले १८१ रन मात्रै बनाउन सकेको थियो ।
भारतका लागि रोहित शर्माले उत्कृष्ट ब्याटिङ गर्दै ४१ बलमा ९२ रन बनाए र प्लेयर अफ दी म्याच समेत बने । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
-
जाजरकोटमा जीप दुर्घटना, मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदुरको मृत्यु
-
फ्रान्समा बर्नियेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित
-
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
-
'मस्त जवानी'मा खुलेकी उषा (भिडियो