नेपाली सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
काठमाडौँ । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ ।
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागी सि.सं. १२ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मुख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरूमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरूको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रधान सेनापति शर्माले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता अनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन सबैमा निर्देशन दिए ।
नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यो तालिम वि.स.२०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु