शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

युक्रेनमा अमेरिकी सैन्य ठेकेदारहरूलाई खटाउनमा लगाइएको प्रतिबन्ध हटाउने तयारी

बुधबार, १२ असार २०८१, ११ : ५९
बुधबार, १२ असार २०८१

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन युक्रेनमा अमेरिकी सैन्य ठेकेदारहरूलाई खटाउनमा लगाइएको प्रतिबन्ध हटाउने नजिक पुगेको छ । अमेरिका सो निर्णयमा पुग्न थालेको भन्दै सीएनएनले समाचार छापेको छ ।

सो मामिलाबारे जानकार चार अमेरिकी अधिकारीहरुले अमेरिका उक्त निर्णयमा पुग्न थालेको समाचारमा जनाइएको छ ।  युक्रेनी सेनालाई अमेरिकाले उपलब्ध गराएको हतियार प्रणाली जोगाउन र बिग्रिएमा सोको मर्मत सम्भारमा मद्दत गर्न यो कदम चाल्न लागिएको हो ।

युक्रेन नीतिमा यो बाइडेन प्रशासनको अर्को ठूलो फड्को हो । अमेरिकाले रुससँगको युद्धमा युक्रेनी सेनालाई बलियो बनाउन खोजिरहेको छ । यो नीतिमा बाइडेन प्रशासनका अधिकारीहरूले अझै पनि काम गरिररहेको बताइएको छ । 

यसमा बाइडेनले अहिलेसम्म हस्ताक्षर गरिसकेका छैनन् ।  यसबारे ठोस निर्णय भइनसकेको र कुनै छलफल गर्नु असामयिक हुने एक सरकारी अधिकारीले बताएका छन् ।

युक्रेनमा अमेरिकी सेना नपठाउने विषयमा भने राष्ट्रपति अडिग रहेको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप