सकेसम्म सहमतिमै नेतृत्व चयन : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको नयाँ नेतृत्व सकेसम्म सहमतिका साथ चयन गर्नुपर्ने बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेता खनालले यस्तो बताएका हुन् ।
उनले नेतृत्व चयनका सवालमा सहमति नभए प्रतिस्पर्धाको बाटोमा समेत जान सकिने बताए । फरक प्रसङ्गमा खनालले देशको आर्थिक सामाजिक रूपान्तरण गर्न सबै दलहरूबिच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए । ‘यो पार्टीले पहिलो पटक साहसका साथ संविधानले भनेको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सारेका छ । यसले समाजवादी आन्दोलनलाई समाजवादसम्म पुर्याउने आधार निर्माण गर्न सक्छ’, खनालको भनाइ छ ।
उनले देशमा भ्रष्टाचार नियन्त्रणका साथै सामाजिक आर्थिक रूपान्तरण गर्न जरुरी रहेको भन्दै विकृतिको उरुङ कसरी बढार्ने भनेर प्रतिस्पर्धासँगै दलहरूबिच सहकार्य पनि गर्नुपर्ने बताए । ‘गम्भीर राष्ट्रिय सवालमा किन एकताबद्ध भएर अघि बढ्न सक्दैनौ ?’, खनालको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : राज्यसभाका अध्यक्षविरुद्ध विपक्षी दलले ल्याए अविश्वासको प्रस्ताव
-
बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना
-
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पृष्ठभूमि
-
रेड नोटिस जारी भएका निराजन नेपालीलाई यूएईबाट नेपाल ल्याइयो
-
ट्रम्पले क्यानडाका प्रधानमन्त्रीलाई ‘क्यानडाका गभर्नर’ भनेपछि...
-
मंगलबार पनि घट्यो सेयर बजार