क्रान्तिदेखि शान्तिसम्म
तस्बिरमा हेर्नुहोस् कांग्रेसको फोटो प्रदर्शनी
मङ्गलबार, १८ असार २०८१, १४ : ३९

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा फोटो प्रदर्शनी गरेको छ । कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।
फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको हुन् । फोटो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायतले अवलोकन गरेका छन् ।