बेलायतमा आज प्रधानमन्त्रीका लागि चुनाव, को बन्ला नयाँ प्रधानमन्त्री ?
लन्डन । सन् १९४५ यता पहिलोपटक बेलायतमा जुलाई महिनामा चुनाव भइरहेको छ । आज अर्थात् जुलाई ४ मा हुने आम निर्वाचनमा लाखौं मतदाताले मतदान गर्नेछन् ।
स्थानीय विद्यालय, सामुदायिक हललगायत भवनमा मतदान केन्द्र बनाइएको छ । मतदान बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म चल्नेछ ।
बेलायतमा चुनावबारे भएका सबै जनमत सर्वेक्षणमा लेबर पार्टीका उम्मेदवार कीर स्टार्मरले जित्ने देखाएको थियो । चुनावमा वर्तमान प्रधानमन्त्री तथा कन्जर्भेटिभ दलका उम्मेदवार ऋषि सुनकले निकै सशक्त प्रचार गरेको बताइए पनि त्यसबाट खासै फाइदा नहुने देखिएको छ ।
४ करोड ६० लाख मतदाताले हाउस अफ कमन्सका ६५० जना सदस्यहरू चयन गर्न भोट दिनेछन् । प्रत्येक सिटको चुनावी नतिजा बिहीबार राति वा बढीमा शुक्रबार बिहानसम्म घोषणा हुनेछ । बेलायतमा सरकार बनाउन कुनै पनि दलले ३२६ सिट ल्याउनुपर्छ ।
प्रधानमन्त्री ऋषि सुनकले मे महिनामा निर्वाचन घोषणा गरेका थिए । बेलायतमा हालैको सीमाङ्कनपछि निर्वाचन क्षेत्रको सिमाना परिवर्तन भएका छन् ।
अहिले बेलायतमा निर्वाचन क्षेत्र १० ले बढेर सिट ५ सय ४३ पुगेको छ । सीमाङ्कनपछिको यो पहिलो निर्वाचन हो । वेल्समा सिट सङ्ख्या ८ ले घटेर ३२ मा झरेको छ ।
स्कटल्याण्डमा पनि सिटको सङ्ख्या ५९ बाट ५७ सिटमा झरेको छ । उत्तरी आयरल्यान्डमा सिट सङ्ख्या १८ वटा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमले भित्र्यायो क्यानडाका बाजवा
-
टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु
-
मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध
-
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जना पक्राउ
-
लोकतन्त्रमा देखिने गरी काम भएको छ : महासचिव पोखरेल
-
विराटनगर घोषणापत्र जारी गर्दै बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न