गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो
काठमाडौँ । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो ।
उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ। यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दाहेर्दै राखिएको थियो । यसैगरी बुधबारलाई पेशी तोकिए पनि संवैधानिक इजलासको मुद्दा हेर्दाहेर्दै भएकाले हिजो स्थगित गरिएको थियो ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।
रिटमा केही समय अघि महान्यायाधिवक्ता क्लिन चिटको अर्थ लाग्नेगरी कतै पनि अभियोग र अनुसन्धान नभएको भनी दिएको पत्र पनि बदर गर्न माग गरिएको छ। उक्त रिटमा असार ७ गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण