युरोकपबाट बाहिरिएपछि समर्थकहरूलाई रोनाल्डोको सन्देश, संन्यासबारे के गरे संकेत ?
_WfMKDA5f3a.webp)
काठमाडौँ । फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै युरो २०२४ बाट बाहिरिएपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्ना समर्थकहरूका लागि सन्देश छाडेका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको सन्देशमा उनले प्रतियोगिताका दौरान समर्थकहरूको साथका लागि धन्यवाद दिँदै उनले राष्ट्रिय टोलीसँग आफ्नो विरासत निर्माण गरिराख्ने बताएका हुन् ।
फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा गोल गरे पनि पोर्चुगिज कप्तानका लागि प्रतियोगिता सुखद रहेन । पोर्चुगललाई सेमिफाइनलमा पुर्याउन १२० मिनेटको खेलमा दौरान उनले खासै कुनै योगदान दिन सकेनन् ।
पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि रोनाल्डोले संन्यास लिने आशङ्का गरिएको थियो । तर, उनको सन्देश त्यसको ठिक विपरीत छ ।
इन्सटाग्राममा उनले लेखेका छन्, ‘हामी अझै धेरै चाहन्थ्यौँ । हामी योभन्दा धेरैको हकदार थियौँ । हाम्रो लागि, तपाईँहरू हरेकका लागि, पोर्चुगलका लागि ।’
‘तपाईँले हामीलाई दिनुभएको हरेक कुरा र हामीले हासिल गरेको हरेक कुराका लागि कृतज्ञ छौँ । मैदानमा रहँदा वा नरहँदा यो विरासतलाई सम्मान गरिनेछ र निरन्तर निर्माण गरिनेमा म विश्वस्त छु । हामी सबै साथमा रहे ।’
सन्देशमा दिएको सन्देशले पोर्चुगिज फरवार्डलाई अझै पनि राष्ट्रिय टोलीबाट आफ्नो लक्ष्य अझै पूरा नभएको बुझिन्छ । अब रोनाल्डोको लक्ष्य सन् २०२६ मा क्यानडा, अमेरिका र मेक्सिकोमा आयोजना हुने विश्वकप रहेको देखिएको छ । तर, त्यति बेलासम्म उनी ४१ वर्षको हुनेछन् ।
यता, राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अझै दोधारमा छ । उनलाई पोर्चुगलको कप्तानलाई हटाएर डीओगो जोटा वा गोन्कालो रामोशलाई टोलीमा खेलाउनुपर्ने माथ उठिरहेको छ ।
प्रतियोगितामा रोनाल्डोले स्लोभेनियाविरुद्ध पेनाल्टीमा गोलबाट चुकेका थिए । रोनाल्डोले खेल्न जारी राख्लान् तर रोबार्टो मार्टिनेज उनलाई छाडेर अघि बढ्न सक्ने सम्भावना रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ