ललितपुर महानगरपालिकाद्वारा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुनःनिर्माण

ललितपुर । ललितपुर महानगरपालिका वडा नं ४ जावालाखेलमा ऐतिहासिक (जरुँहिटी) उत्खनन गरेर ललितपुर महानगरपालिकाले पुनःनिर्माण गरेको छ ।
ऐतिहासिक धारा (जरुँहिटी)ललितपुर महानगरले पार्क निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएकाले ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा पुनः निर्माण गरेको हो । ताम्राकार समाजले बाटो हिँड्नेलाई पानी पिउन सहजताको लागि परम्परागत रुपमा निर्माण गरिएको उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए ।
उनका अनुसार हाल ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित शुद्ध पिउने पानी स्वचालित रुपमा सञ्चालित छ । ललितपुर महानगरपालिका–४ जावलाखेल मोसिख्योमा पार्क निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि ताम्राकार समाजसँगको सहकार्यक्रमा उक्त धारा (जरुँहिटी) को पुनःस्थापना गरेको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
-
स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर
-
न्यायाधीशमाथि कालोमसी छ्याप्नेहरूलाई कारबाही गर्न माग
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे