कांग्रेस एमालेलाई रास्वपा सांसद झाको सुझाव : एक अर्कालाई विश्वास गर्नुस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेस र नेकपा(एमाले) का नेताहरूलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताए ।
उनले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भए पनि कांग्रेस–एमाले डराएका बताए । उनले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गरे ।
उनले भने– ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरूकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास ? किन यो प्रणालीले र संविधानले काम नगर्ला र फेरि ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ ? तपाइँहरुकै संख्या छ । तपाइँहरुकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न । एक अर्कालाई विश्वास गर्नुस् न । सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस् । किन ४ दिनको लागि डराउनुहुन्छ ? तपाईँहरूले नै बनाएको संविधान र संसदीय प्रणालीमा लेखिएकै कुरा अभ्यास गरिँदैछ ।’
उनले व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरुका पार्टीका सांसदले आफूहरूलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेतृत्वको सरकारले मात्रै सुशासन दिन्छ : मुख्यमन्त्री कार्की
-
टेनिस प्रतियोगिता : वृजेश र शिभाली पहिलो
-
पुस्तक लेखकलाई चुनौती
-
निःशुल्क उपचारबाट खुसी जलनपीडितले मन्त्री पौडेललाई भने– धन्यवाद मन्त्रीज्यू
-
माध्यमिक तहको शिक्षक लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ३४ प्रतिशत मात्रै पास
-
आन्दोलन र प्रतिआन्दोलनको छायामा त्रिभुवन विश्वविद्यालय